काठमाडौं । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडेलले १२ कात्तिकबाट गर्ने फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत गरेकाे सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
सिंहदरबारमा शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले राष्ट्रपति पौडेलले पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात जर्मनी र इटालीको भ्रमण गर्न कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरि मंसिर १ गते स्वदेश फर्कने भ्रमण स्वीकृत गरेको जानकारी दिएकी हुन् ।
बैठकले चीनको संघाइमा संचालन हुने छैठौं चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग मन्त्रीलाई स्वीकृती दिने, पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्ले गर्नुपर्ने काम गर्नका लागि समिति गठन गर्ने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन् ।
त्यस्तै, बैठकले यूएईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्का नेतृत्वको टोलीलाई स्वीकृती प्रदान गर्ने र कात्तिक २० र २१ गते चीनमा आयोजना हुने सम्मेलनमा सहभागी हुन शिक्षा राज्यमन्त्री नेतृत्वको टोलीलाई स्वीकृत गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया