विराटनगर । कोशी प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् ।
मुख्यमन्त्री केदार कार्कीले माओवादी केन्द्रबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगूलाई मन्त्री नियुक्त गरेका हुन् । उनीहरुलाई मन्त्रालय भने तोकिएको छैन ।
नवनियुक्त दुवै मन्त्रीलाई प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार पद तथा गोपनियताको शपथ गराएका छन् ।
नेकपा एमालेको समर्थनमा काँग्रेसका ८ सांसदसहित विद्रोह गरेर संविधानको धारा १६८ को ५ अनुसार २७ भदौमा मुख्यमन्त्री बनेका कार्कीले २८ भदौमा कांग्रेस विद्रोही पक्षबाट समशेर राई र एमालेबाट राम रानालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।
कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएपछि एमालेले सरकारबाट बाहिरने बताएको छ ।
प्रतिक्रिया