जुम्ला । गएराती जाजरकोट आसपास केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्काले तातोपानी गाउँपालिका वडा नं ४ निवासी हरिबहादुर खत्रीको घरमा क्षति भएको छ ।
सुतेकै कोठाको पर्खाल भत्किएपछि निद्रामै घर बाहिर निस्किएर मानवीय क्षति हुनबाट बचेको खत्रीले बताए । पर्खाल भत्किनुका साथै केही भाग चर्किएको छ । भौतिक क्षति भए पनि मानवीय क्षति नभएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईंले बताए ।
यता प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जुम्लामा भुकम्पले गरेको क्षतिबारे कुनै सूचना नआएको बताए । भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति भएको छ ।
प्रतिक्रिया