कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक आइतबार बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

केन्द्रीय समिति बैठक तत्काल बस्न सम्भव नभएको बेला कार्यसम्पादन समितिले आवश्यक निर्णय लिन सक्ने विधानको व्यवस्था छ । कार्यसम्पादन समितिमा पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य छन् । बैठकमा कर्णालीमा गएको भूकम्प र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने कांग्रेसले जनाएको छ ।