काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ । कांग्रेसले मंसिर १३ देखि १५ गतेका लागि तोकेकाे महासमिति बैठक आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सारेर मंसिर २९ देखि गर्ने निर्णय गरेको हो ।
बैठकले तिहार अगाडि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । यसका कारण मंसिरको १३ र १५ गते भनिएको महासमिति बैठक समेत सरेको हाे । कांग्रेसले महासमितिको अर्को बैठक मंंसिर २९ तथा पुसको १ र २ गते गर्ने निर्णय गरेको छ ।
बैठकले जाजरकोट र रुकुममा गएको भूकम्पबाट भएको क्षतिलाई गम्भीर र दु:खद घटनाका रुपमा लिँदै प्रभावितलाई उद्धार, राहत र पुनर्स्थापनाका लागि गम्भीर हुन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।


प्रतिक्रिया