काठमाडौं । कांग्रेसका संघीय सांसदहरुले जाजरकोट भूकम्पबाट पीडितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको तलब सहयोग गर्ने भएका छन् ।
आइतबार बसेको संसदीय कार्यसमितिको बैठकले भूकम्पमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, उपचार, राहत र पुनर्निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।
संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको बैठकले संघीय संसद्का सदस्यहरूका तर्फबाट १५ दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
कांग्रेसका प्रतिनिधिसभामा ८८ जना र राष्ट्रिय सभामा १० जना गरी ९८ जना सांसद छन् ।


प्रतिक्रिया