काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर २२ गते काठमाडौंमा गर्न लागेको जनपरिचालन कार्यक्रम स्थगित गरेकाे छ । आइतबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले जाजरकोट भूकम्पका कारण कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।
बैठकले भूकम्प प्रभावित क्षेत्रमा खटिनु पर्ने भएकाेले रूपान्तरण अभियानअन्तर्गत काठमाडौंमा गर्न लागिएको जनपरिचालन कार्यक्रम उक्त मितिमा नगर्ने निर्णय गरेकाे हाे ।
माओवादीले तीनमहिने पार्टी रूपान्तरण अभियानअन्तर्गत उक्त कार्यक्रम गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया