काठमाडौं । नेकपा (एमाले)ले भोलि बस्ने गरी सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुर च्यासलमा बस्नेगरी सचिवालय बैठक डाकिएको जानकारी दिए ।
सो बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका बिषयमा छलफल हुने उनको भनाइ छ ।
आगामी मंसिरमा एमालेले धनगढीमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । त्यस लगत्तै मध्य पहाडी लोकमार्ग भएर अभियान सञ्चालन गर्दैछ ।


प्रतिक्रिया