रसुवामा नक्कली नोटसहित तीन जना पक्राउ

रसुवामा नक्कली नोटसहित तीन जना पक्राउ


ग्लोब नेपाल
81
Shares

रसुवा । प्रहरीले रसुवाबाट नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्लाको उत्तरगया गाउँपालिका-५ नौबिसेमा रहेको एक होटलबाट नक्कली नेपाली नोटसहित उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

पक्राउ पर्नेहरुमा नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं ६ बस्ने बुद्धिबहादुर तामाङ, विदुर नगरपालिका वडा नम्बर ८ बस्ने मानबहादुर गुरुङ, दुप्चेश्वर गाउँपालिका ७ बस्ने ज्ञानेन्द्रबहादुर पण्डित रहेका छन् ।

प्रहरीले होटेलबाटै नक्कली नोटसहित उनीहरुले प्रयोग गरेको स्कुटरको डिक्की भित्र रहेको रातो रंगको छालाको झोला भित्र एक हजार र पाँच सयको नेपाली नोट राखि तल कागज तथा पत्रिकाहरू पैसाको आकारमा काटी कागज राखेर बनाईएको पैसाको विटो जस्तो देखिने बण्डल, कैची र पेपर कटर, विभिन्न बैंकहरुको चेक, मोवाईल पाँच थान र स्कुटरसहित निजहरुलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरुलाई ठगी उद्योग मुद्दामा सात दिनको म्याद दिई मुद्रा सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले बताए ।