यू–१९ एसिया कप : नेपाल भारत र पाकिस्तानको समूहमा

यू–१९ एसिया कप : नेपाल भारत र पाकिस्तानको समूहमा



काठमाडौं । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सीसी यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक गरेको छ । 

बुधबार सार्वजनिक गरिएको तालिकाअनुसार नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ ।

नेपालले आफ्नो पहिलो खेल पाकिस्तानसँग खेल्ने भएको छ ।आउँदो २२ मंसिरमा पाकिस्तानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ । त्यसैगरी नेपालले २४ मंसिरमा अफगानिस्तान र २६ मंसिरमा भारतसँग खेल्नेछ । 

आउँदो २२ मंसिरदेखि युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने प्रतियोगितामा कुल आठ टिमको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘बी’मा बंगलादेश, श्रीलंका, जापान र घरेलु टिम यूएई छन् । प्रत्येक समूहका शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल २९ मंसिरमा र फाइनल १ पुसमा हुनेछ ।