काठमाडौं । उत्तर कोरियाले नेपालस्थित आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको छ । नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर यसबारे जानकारी गराएका छन् ।
उत्तर कोरियाले सन् २०२३ को अन्त्यसँगै नेपालमा रहेको आफ्नो दूतावास बन्द गर्ने निर्णय गरेको हो ।
राजदूत मेनले दूतावास बन्द गर्नुपर्ने कारणबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । उनले बदलिँदो भूराजनीतिक परिवेश र आर्थिक मन्दीका कारण उत्तर कोरियाले नेपालमा रहेको दूतावास बन्द गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
दूतावास बन्द भएपछि भारतको नयाँदिल्लीस्थित उत्तर कोरियाली दूतावासले नेपाललाई हेर्नेछ ।
प्रचण्डले राजदूत मेनलाई उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध मजबुत बनाउन भूमिका खेलेको भन्दै आभारसमेत व्यक्त गरेका थिए ।


प्रतिक्रिया