एमालेले १४ मंसिरदेखि विशेष अभियान चलाउने

एमालेले १४ मंसिरदेखि विशेष अभियान चलाउने



काठमाडौं । नेकपा एमालेले आगामी १४ मंसिरदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित विशेष अभियान चलाउने निर्णय गरेको छ ।

बुधबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले तीन हप्ता लामो लोकमार्ग केन्द्रित विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

यो अभियानको उद्देश्य पहाडी क्षेत्रको समृद्धि हुने उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बताए । अभियान डडेल्धुराको झुलाघाटबाट सुरु भएर पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समाप्त हुने बताइएकाे छ ।

त्यसैगरी धनगढीमा राख्ने भनेको केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ ।

बैठकले आगामी ६ मंसिरमा मिति तोक्दै काठमाडौंमै केन्द्रीय कमिटी बैठक राख्ने निर्णय गरेको हो ।