काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको नाबालिग बलात्कार मुद्दा बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा परेको छ । सो मुद्दामा चाँडो सुनुवाइ गर्न सर्वोच्च अदालतको निर्देशनात्मक आदेश भए पनि काठमाडौं जिल्ला अदालतमा पटक–पटक पेसी स्थगित हुँदै आएको थियो ।
जिल्ला न्यायाधीश घिमिरेको इजलासमा सन्दीपविरुद्धको मुद्दा आज पाँचौँ नम्बरमा छ । २०७९ कात्तिकमा दर्ता भएको मुद्दाको फैसला सुनुवाइ पेसी विभिन्न बहानामा पटक-पटक सर्दै आइरहेको छ । गत असोज १, ७ र २५ गते सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको थियो । अदालत प्रशासनले तीनपटक नै न्यायाधीश अभावलाई कारणका रूपमा प्रस्तुत गरेको थियो ।
काठमाडौं जिल्ला अदालतमा उनलाई पुर्पक्षका लागि थुनामा पठाएकोमा पाटन उच्च अदालतले धरौटीमा छाडेको थियो ।


प्रतिक्रिया