उत्तरी गाजामा दैनिक चार घण्टा युद्ध स्थगित गर्न इजरायल सहमत

उत्तरी गाजामा दैनिक चार घण्टा युद्ध स्थगित गर्न इजरायल सहमत


ग्लोब नेपाल
54
Shares

इजरायलले उत्तरी गाजाका नागरिकहरूलाई सो क्षेत्र छाड्न हरेक दिन ४ घण्टा युद्ध स्थगित गर्न सहमत भएको अमेरिकाले जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो कार्यलाई सही दिशामा पाइला चालेको कदम भएको बताउँदै सो क्षेत्रको सहायताका लागि वकालत गरिरहने बताएका छन् ।

यसअघि इजरायली सेनाले गाजाका नागरिकहरूको लागि मानवीय सहायताको लागि रणनीतिक तथा स्थानीय स्तरमा आक्रमण रोकेपनि युद्धविराम भने नभएको स्पष्ट पारेको छ ।

गाजाको इस्लामिक जिहाद समूहले दुई इजरायली बन्धकको भिडियो सार्वजनिक गरेको छ । सो भिडियो एक वृद्ध महिला र युवकको रहेको छ । इजरायलको सेनाले गाजा शहरको केन्द्रमा भारी आक्रमण गरिरहेको बेला हमासले यो भिडियो सार्वजनिक गरेको हो ।

गाजा शहरका दुई ठूला अस्पतालहरू वरिपरि भीषण आक्रमण गरेको समाचार छ र सो क्षेत्रमा हमासका लडाकुहरू रहेको ईजरायले जनाएको छ । ४ हजार ४ सय भन्दा बढी बालबालिका सहित १० हजार ८ सय भन्दा बढी मानिस मारिएका छन् ।

त्यस्तै इजरायलमा सोही अवधिमा मर्नेको संख्या १,४०० भन्दा बढी छ भने २ सय ४० भन्दा बढीलाई बन्धक बनाईएको छ ।