सरकारद्वारा एसियाली विकास बैंकबाट प्राप्त हुने १३ अर्ब २६ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार

सरकारद्वारा एसियाली विकास बैंकबाट प्राप्त हुने १३ अर्ब २६ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण स्वीकार



काठमाडौं । सरकारले एसियाली विकास बैंकबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने १० करोड अमेरिकी डलर (१३ अर्ब २६ करोड रुपैयाँ बराबर) सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यस्तो निर्णय गरिएको जानकारी दिइन् ।

त्यस्तै, सरकराले विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड स्वीकृत गर्ने निर्णय पनि गरेको छ । नेपाल र कतारबीचको युवा तथा खेलकुद सम्बन्धी समझदारी पत्र स्वीकृत गरिएको शर्माले बताइन् ।

त्यस्तै सरकारले सचिव नारायणप्रसाद शर्माको उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुदुरपश्चिम प्रदेशको प्रमुख सचिवका रुपमा कार्यरत रहेका शर्मालाई उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रलायमा सरुवा गरेको हो ।

सरकारले सहसचिव डा.हरिप्रसाद लम्साललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको प्रमुख सचिवका रुपमा कायम गरेको छ ।