आइसिसी विश्वकप २०२३ : अस्ट्रेलिया विश्वकपको फाइनलमा

आइसिसी विश्वकप २०२३ : अस्ट्रेलिया विश्वकपको फाइनलमा


ग्लोब नेपाल
0
Shares

एजेन्सी । आइसीसी विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारत भिड्ने भएका छन् । विहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । अस्ट्रेलिया आठौं पटक फाइनलमा पुगेको हो । अस्ट्रेलियाले अहिलेसम्म ५ पटक उपाधि जितेको छ ।

जितको लागि २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४७. २ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । मिचेल स्टार्क ३५ बलमा २ चौकासहित १६ र प्याट कमिन्स २९ बलमा २ चौकासहित १४ रनमा नट आउट रहे । अष्ट्रेलिया ओपनर ट्रविस हेडले ४८ बलमा ९ चौका र २ छक्कासहित ६२ रन बनाए । अर्का ओपनर डेविड वार्नर १८ बलमा १ चौका र ४ छक्कासहित २९ रन बनाए ।