आजदेखि ब्याजदर घट्यो, कुन बैंकले कति बनाए ?

आजदेखि ब्याजदर घट्यो, कुन बैंकले कति बनाए ?


ग्लोब नेपाल
270
Shares

काठमाडौं । वाणिज्य बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैङ्कहरूले कात्तिक महिनाको अन्तिम दिन बिहीबार सूचना प्रकाशित गर्दै नयाँ ब्याजदर प्रकाशित गरेका हुन् । बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार अधिकांश बैङ्कको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर कात्तिकको तुलनामा घटेको छ ।

कात्तिक महिनामा ९ दशमवल ९६ प्रतिशत रहेको वाणिज्य बैङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर मङ्सिर महिनामा ० दशमलव ३३ प्रतिशत बिन्दु घटेर ९ दशमलव ६३ प्रतिशतमा झरेको हो। त्यसै गरी संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ० दशमलव ३०६ प्रतिशत बिन्दु घटेर ७ दशमलव ५४ प्रतिशतमा झरेको छ ।

हाल सञ्चालनमा रहेको २० वाणिज्य बैङ्कमध्ये १३ वाणिज्य बैङ्कले मङ्सिर महिनाका लागि ब्याजदर घटाएका हुन्। सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआइसी एसिया बैङ्क रहेको छ । एनआइसी एसियाले कात्तिक महिनाका तुलनामा मङ्सिर महिनामा ब्याजदर २ दशमलव ०३ प्रतिशत बिन्दुले घटाएको छ । बैङ्कले मङ्सिर महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ८ दशमलव ९६ प्रतिशत ब्याज दिने भएको छ ।

एनआइसी एसियापछि सबैभन्दा बढी ब्याज घटाउनेमा एनएमबी बैङ्क लिमिटेड रहेको छ। बैङ्कले मङ्सिर महिनाका लागि ब्याजदर १ दशमलव २४ प्रतिशतभन्दा घटाएर ९ दशमलव ७६ प्रतिशतमा झारेको छ । ६ वाणिज्य बैङ्कले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने माछापुच्छ्रे बैङ्कले ब्याजदर बढाएको छ।