चीनले एक इन्च पनि अर्काको भुमी मिचेको छैन : चिनियाँ राष्ट्रपति

चीनले एक इन्च पनि अर्काको भुमी मिचेको छैन : चिनियाँ राष्ट्रपति



सान फ्रान्सिसिको । चिनियाँ राष्ट्रपति सी जिनपिङ अहिले अमेरिका भ्रमणमा छन् ।  उनले बुधबार (नोभेम्बर १५) मा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका थिए । दुई देशबीचको सम्बन्ध तनावपूर्ण अवस्थामा रहेका बेला यी दुई देशका प्रमुखबीच भेटवार्ता भएको हो । 

यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले बिहीबार (नोभेम्बर १६) आफ्नो देशले कुनै पनि द्वन्द्व वा युद्ध नभड्काएको र विदेशी भूमिको एक इन्च पनि कब्जा नगरेको दाबी गरेका छन् ।

अहिले अमेरिकाको सान फ्रान्सिस्कोमा एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) समूहको बैठक चलिरहेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) शिखर सम्मेलनको साईडलाइनमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको बहुप्रतिक्षित वार्ताको केही घण्टापछि विदेशी भूमिसँग सम्बन्धित भनाइ दिएका हुन् । साे क्रममा दुवै नेताले एक वर्षमा पहिलो पटक भेटेर तनाव कम गर्ने वाचा गरेका थिए ।

सी जिनपिङले जनवादी गणतन्त्र स्थापना भएको ७० वर्ष वा सोभन्दा बढी अवधिमा चीनले कुनै पनि द्वन्द्व वा युद्ध उक्साएको वा कुनै विदेशी भूमि कब्जा नगरेको दाबी गरे । तर, भेटका क्रममा बाइडेनले सिनजियाङ, तिब्बत र हङकङलगायत चीनमा भइरहेको मानवअधिकार उल्लङ्घनप्रति चिन्ता व्यक्त गरेका थिए । 

ह्वाइट हाउसको प्रतिवेदनका अनुसार राष्ट्रपति बाइडेनले मानवअधिकारको विश्वव्यापीता र अन्तर्राष्ट्रिय मानवअधिकार प्रतिबद्धताहरूको सम्मान गर्ने सबै देशहरूको दायित्वलाई जोड दिए । उनले सिनजियाङ, तिब्बत र हङकङलगायत पीआरसी मानवअधिकार उल्लङ्घनबारे चिन्ता व्यक्त गरे ।

यो बैठक नोभेम्बर ११ देखि १७ सम्म चल्नेछ । यसमा सहभागी हुन धेरै देशका नेता अमेरिका पुगेका छन् । यस बैठकमा चीनको कडा व्यापार निगरानी र द्विपक्षीय तनावको चिन्तालाई ध्यानमा राखिएको छ ।