काठमाडौं । कलाकार प्रकाश ढकाल मृत फेला परेका छन् । धादिङको बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा ढकालको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर त्रिशूली नदी किनारको खोचमा फेला परेको हो ।
ढकाल स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ का हुन् । उनी स्याङ्जाबाट गत शुक्रबार काठमाडौंतर्फ आएदेखि सम्पर्कविहीन थिए ।
त्रिशूलीमा र्याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोचबाट शव सोमबार बाहिर निकालिएको थियो ।
शवको एउटा आँखा नभएको र टाउको क्षतविक्षत रहेको बताइएकाे छ । शरीरमा सामान्य चोटपटक लागेकाे देखिएकाे छ । ढकालका परिवारले शंका लागेका व्यक्तिविरुद्ध उजुरी दिने तयारी गरेका छन् ।
उनले करिब दुई दर्जन गीतमा अभिनय गरेका छन् ।
प्रतिक्रिया