काठमाडौं । न्यायपरिषदले ६ जना सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । मंगलबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषदको बैठकले ४ जना उच्च अदालतका न्यायाधीश र २ जना कानुन व्यवसायीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो ।
सिफारिस हुनेमा उच्च अदालतबाट शारङ्गा सुवेदी, टेकप्रसाद ढुङ्गाना, महेश शर्मा पौडेल, अब्दुल अजिज मुसलमान रहेका छन् । त्यसैगरी कानुन व्यवसायीबाट बालकृष्ण ढकाल, सुनिल (काँग्रेस कोटा) सिफारिस भएका छन् । माओवादी कोटाबाट डीएन पराजुली र दिनमणि पोखरेलमा सहमति नजुट्दा एक सिट खाली राखिएको बुझिएको छ ।
उनीहरूको नाम संसदीय सुनुवाइ समितिमा अनुमोदनका लागि पठाइने छ । समितिले अनुमोदन गरेपछि नियुक्ति हुनेछ ।


प्रतिक्रिया