घरेलु मैदानमा नेपाल पराजित, यमनले जोड्यो तीन अंक

घरेलु मैदानमा नेपाल पराजित, यमनले जोड्यो तीन अंक


ग्लोब नेपाल
0
Shares

काठमाडौं । एसियाली विश्वकप छनोट दोस्रो चरणमा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । मंगलबार घरेलु मैदानमा नेपाल यमनसँग २–० ले पराजित हुँदै अंकविहीन भएको हो । यसअघि पहिलो खेल यूएईसँग नेपाल ४-० ले पराजित भएको थियो ।

दशरथ रंगशालामा भएको खेलमा यमनले खेलको अन्त्यतिर दुई गोल गरेको हो । सब्टिच्युट खेलाडी ओमार अब्दुल्लाहले ७३ औं मिनेटमा र दोस्रो गोल मोहम्मद अब्दुल्लाहले ९० औं मिनेटमा गरे । नेपालका लागि दोस्रो हाफमा हिसुब थपलियाले बलियो राम्रो आक्रमण बुने पनि गाेल गर्न चुके ।