धनगढी । बैंक ह्याक गर्ने गिरोहलाई प्रहरीले धनगढीबाट पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिकाको नेपाल राष्ट्र बैंक नजिक कार्यालयनै व्यवस्थापन गरि बैंक ह्याक गर्ने टोलीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।
प्रदेश अपराध अनुसन्धानको टोलीको लामो अनुसन्धानपछि बुधबार कैलाली प्रहरीको सहयोगमा पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेहरूको परिचय खुलाइएको छैन ।
प्रहरी सहायक निरीक्षक अनिल विष्टले लामो अनुसन्धानपछि गिरोहलाई पक्राउ गर्न सफल भएको बताए । पक्राउ परेका व्यक्तिहरुबाट १० वटा ल्यापटप बरामद गरिएको उनले बताए । उनीहरूमाथि सोधपुछ भइरहेको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया