बिवाईडीले नेपाल सुपर लिगका लागि ललितपुर सिटी फुटबल क्लबसँग सहकार्य गर्ने

बिवाईडीले नेपाल सुपर लिगका लागि ललितपुर सिटी फुटबल क्लबसँग सहकार्य गर्ने



काठमाडौं ।  बिवाईडी (BYD) को नेपालको लागि अधिकृत वितरक साइमेक्स इन्क. प्रा. लि. (Cimex Inc. Pvt. Ltd.) ले नेपाल सुपर लिग (NSL) को आगामी दोस्रो सिजनमा पनि ललितपुर सिटी फुटबल क्लब (LCFC) सँग मोबिलिटी पार्टनरको रूपमा पुनः सहकार्यको सम्झौता गरेको छ । यस साझेदारीले Cimex Inc र BYD को प्रविधि र दिगो विकासको साझा प्रतिबद्धतालाई जोडेको छ।

नोभेम्बर २४ बाट सुरु हुँदै गरेको नेपाल सुपर लिगका नौ फ्रान्चाइज फुटबल टिमहरू मध्येको एक ललितपुर सिटी फुटबल क्लबले प्रदेश नं. ३ को सुन्दर सहर ललितपुरको प्रतिनिधित्व गर्दैछ ।

यो सहकार्यले भविष्यमा मोबिलिटी, दिगो विकास र सामाजिक विविधताको क्षेत्रमा थप सम्भावना पहिल्याउने लक्ष्य राखेको छ । Cimex Inc र BYD को दिगो विकासको साझा लक्ष्य प्राप्तिमा खेलकुद सशक्त माध्यम बन्नेमा कम्पनी विश्वास्त छ। ललितपुर सिटी फुटबल क्लबको जर्सीमा देखिने BYDको लोगोले सवारी साधनमा नयाँ प्रविधिको विकास र खेलकूदबीचको सहकार्य दर्साउनेछ ।

ललितपुर सिटी फुटबल क्लब सँग BYD को यो पहिलो साझेदारी भने होइन । २०२१ मा भएको नेपाल सुपरको प्रारम्भिक सिजनमा, ललितपुर सिटी फुटबल क्लबले तेस्रो स्थान हासिल गर्दै प्ले अफमा आफ्नो स्थान सुरक्षित गरेको थियो ।

साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठ भन्छन्, ” नेपाल सुपर लिगको दोस्रो सिजनको लागि ललितपुर सिटी फुटबल क्लबसँगको BYDको साझेदारीले हामि निकै उत्साहित छौं । यो हाम्रो सहयात्राले खेलको मैदानदेखि बाहिर सम्म, खेल र दिगो विकासको सम्बन्धमा अझै प्रकाश पर्ने र सवारीसाधनमा आएका प्रविधिको विकासले समुदायमा परेको सकारात्मक प्रभावहरुलाई स्पष्ट संग देखाउने छ भन्नेमा हामि ढुक्क छौं।”

ललितपुर सिटी फुटबल क्लबपनि यो सहकार्यलाइ लिएर उत्तिकै उत्साहित रहेको क्लबका प्रबन्ध निर्देशक आलोक जंग जोशी बताउछन् । “BYD लाइ क्लबको मोबिलिटी पार्टनरका रुपमा पाउँदा हामी गौरवान्वित छौं र यो सहकार्य फुटबल मैदानबाट बाहिर पनि दिगो विकास र विविध सम्भावना सहितको भविष्य निर्माणमा सहयोगी हुनेछ।”, जोशीले भने।