बीपी कोइरालालाई राजा महेन्द्रले नथुनेको भए संवैधानिक राजतन्त्र रहिरहन्थ्यो: गगन थापा

बीपी कोइरालालाई राजा महेन्द्रले नथुनेको भए संवैधानिक राजतन्त्र रहिरहन्थ्यो: गगन थापा


ग्लोब नेपाल
27
Shares

अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जननायक एवं नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई नथुनेको भए नेपालमा संवैधानिक राजतन्त्र रहिरहने विश्लेषण गरेका छन् । नेपाली कांग्रेसको अर्घाखाँची जिल्ला सम्मेलनमा बोल्दै थापाले यस्तो विश्लेषण गरेका हुन् ।

तत्कालिन राजा महेन्द्रले बीपी कोइरालालाई थुनेर नेपालको ३० वर्ष खेर फालेको भन्दै थापाले किन त्यस्तो गरियो भनेर प्रश्न गरे । थापाले भने, ‘यही बीपी कोइराला हो, मेरो जस्तै घर होस्, मेरो जस्तो छोराछोरीले पढ्न पाऊन्, मेरो परिवारले जस्तै उपचार गर्न पाऊन्, मेरो यही एउटा सपना छ १५ वर्षमा पूरा गर्छु भनेर सपना देख्ने बीपी कोइरालालाई राजा महेन्द्रले नथुनेको भए आज संवैधानिक राजतन्त्र चाहियो भन्दै गर्दा संवैधानिक राजतन्त्र कहाँ जान्थ्यो, कहीं जाँदैनथ्यो । बेलायतमा छ, जापानमा छ, नर्वेमा छ । नेपालमा पनि रहन्थ्यो ।’ उनले नेताहरुको गल्तीको भारी व्यवस्थालाई बोकाउन नहुने समेत बताएका छन् ।