हमासद्वारा इजरायली बन्दीहरूको तेस्रो समूहलाई रिहा गर्ने तयारी

हमासद्वारा इजरायली बन्दीहरूको तेस्रो समूहलाई रिहा गर्ने तयारी



काठमाडौं । हमासले आइतबार प्यालेस्टिनी कैदीहरूको बदलामा इजरायली बन्दीहरूको तेस्रो समूहलाई रिहा गर्ने तयारी गरेको छ ।

शनिबार हमासले १३ इजरायली र चार थाई बन्धकहरूलाई रिहा गरेको थियो । इजरायलले त्यसको बदलामा ३९ प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको बताएको छ ।

प्रधानमन्त्री नेतन्याहुको कार्यालयले आइतवार हमासले रिहा गर्ने बन्दीहरूको सूची प्राप्त गरेको बताएको छ । सुरक्षा अधिकारीहरूले सूची जाँच गरिरहेको र परिवारलाई सूचित गरिएको थियो ।

हमासले दोस्रो समूहलाई रिहा गरेपनि नेपाली बन्धक विपिन जोशीलाई भने रिहा गरेको छैन ।

कतारको पहलमा इजिप्टको पनि सहयोगमा भएको मध्यस्थताले इजरायल र हमासबीचको गरिरोध हट्न सफल भएको बताइएको छ ।

इजरायलका अनुसार शनिबार हमासले १३ जना इजरायली- आठ बालबालिका र पाँच महिलालाई गाजामा रेड क्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेको थियो ।