योगेश भट्टराईको घरअगाडि कालो झण्डासहित पहिचानवादीको प्रदर्शन

योगेश भट्टराईको घरअगाडि कालो झण्डासहित पहिचानवादीको प्रदर्शन



ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश भट्टराईको घरअगाडि पहिचानवादीहरूले प्रदर्शन गरेका छन् ।

आइतबार बिहान पहिचानवादीहरूले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भट्टराईको घरअगाडि कालो झण्डासहित प्रदर्शन गरेका हुन् ।

पार्टीकाे एक कार्यक्रमका लागि प्रतिनिधि सभा सांसदसमेत रहेका भट्टराई र कोशी प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो आइतबार ताप्लेजुङ पुगेका थिए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त प्रमुख प्रहरी निरीक्षक कमल लुङ्गेलीका अनुसार करिब ७० जनाको संख्यामा पहिचानवादीहरू भेला भएका छन् ।

फुङलिङस्थित एमाले पार्टी कार्यालयअगाडि पनि पहिचानवादीहरूले प्रदर्शन गरेकाे प्रहरीले जानकारी दिएकाे छ ।

कोशी प्रदेश लेखिएको ब्यानरसहित सांसदहरूलाई उपस्थित गराएर कार्यक्रम नगर्न पहिचानवादीहरूले चेतावनी दिदै आएका छन् ।