योगेश भट्टराईको गाडीमा ढुङ्गा प्रहार

योगेश भट्टराईको गाडीमा ढुङ्गा प्रहार



ताप्लेजुङ । नेकपा एमालेका सचिव तथा प्रतिनिधि सभा सांसद योगेश भट्टराईको गाडी तोडफोड भएको छ । कार्यक्रमका लाागि गृह जिल्ला ताप्लेजुङ पुगेका भट्टराई जिल्लाको सदरमुकाम फुङलिङमा कार्यक्रम सकेर फर्किने बेला उनको गाडीमाथि ढुङ्गा प्रहार भएको हो ।

भट्टराई सवार प्रदेश–२–०१–००१ च ००४० नम्बरको गाडीमा क्षति पुगेको छ ।

ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी कमल कुमार मगरका अनुसार फुङलिङ बजारनजिकै फर्किने बेला भट्टराईको गाडीमाथि ढुङ्गा प्रहार भएको हो । उनी सवार गाडीको सिसा फुटेको छ ।

ढुङ्गा प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ । कोसी प्रदेशका पहिचानवादी समूहले ढुङ्गा प्रहार गरेको प्रहरीले बताएको छ ।

आज बिहान पनि पहिचानवादीहरूले ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भट्टराईको घरअगाडि कालो झण्डासहित प्रदर्शन गरेका थिए ।