एनएसएल : रोमाञ्चक खेलमा झापामाथि ईलामको जित

एनएसएल : रोमाञ्चक खेलमा झापामाथि ईलामको जित



काठमाडौं । नेपाल सुपर लिग एनएसएलमा स्पोर्टिङ ईलामले जित हासिल गरेको छ । सोमबार भएको पूर्वेली डर्बीमा ईलामले झापा एफसीलाई हराएको हो ।

निकै रोमाञ्चक खेलमा ईलामले झापालाई १–० गोल अन्तरले पराजित गर्यो । ईलामका लागि अमथ एन्डोले खेल सकिन तीन मिनेट अघि विजयी गोल गरे ।

यो खेलसँगै दोस्रो संस्करणमा थपिएका तीनवटै नयाँ टोली पहिलो खेलमा पराजित भएका छन् ।

यसअघि पहिलो खेलमा इलाम काठमाडौं रेजर्ससँग पराजित भएको थियो । यस्तै अर्को नयाँ टोली वीरगंज युनाइटेड आफ्नो पहिलो धनगढी एफसीसँग पराजित भएको थियो ।