किशोरी हत्याको आरोपमा खाँ कारागार चलान

किशोरी हत्याको आरोपमा खाँ कारागार चलान


ग्लोब नेपाल
54
Shares

गुल्मी । गुल्मीमा किशोरी बलात्कारपछि हत्याको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । कात्तिक १७ गते बिहान जिल्लाको चन्द्रकोट गाउँपालिकाको वडानम्बर–४ को हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको नग्न अवस्थामा शब फेला परेको थियो ।

किशोरी बलात्कारपछि हत्याको आरोपमा बाँके जिल्ला खजुरा गाउँपालिका वडानम्बर–७ घर भई हाल चन्द्रकोट गाउँपालिका वडानम्बर ४ बस्ने २३ वर्षको रहिस खाँ पुर्पक्षका लागि करागार चलान भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

कात्तिक १६ गते बागलुङ जिल्ला बरेङ गाउँपालिका घर भइ हाल चन्द्रकोट गाउँपालिका वडानम्बर ४ बस्ने युवती खेतालालाई सुर्ती लिन गएकी थिइन । किशोरी घरमा नआएपछि खोजी गर्ने क्रममा कात्तिक १७ गते बिहान नग्न अवस्थामा हुग्दी खोलामा फेला पारेका थिए ।

बलात्कारपछि हत्याको आरोपमा खाँलाई प्रहरीले कात्तिक १७ गते पक्राउ गरेर अनुसन्धान गरिहरको थियो । सोमबार जिल्ला अदालत गुल्मीले खाँलाई पुर्पक्षका लागि कारागार चलान गरेको डिएसपी पाण्डेले बताए ।

किशोरीको आमाका अनुसार खेतमा धान झाँट्दै दाईं लगाउने क्रममा खेतालालाई सुर्ती किन्न पसलमा गएकी थिइन् । उनी चन्द्रकोटको एक विद्यालयमा कक्षा ९ मा पढदै आएकी थिइन । कारागार चलान भएका खाँ शिक्षण पेसामा विगत ५ महिनादेखि चन्द्रकोटको शान्तिपुरमा बस्दै आएको प्रहरीले जनाएको छ ।