धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव फेला

धनुषामा परालले छोपेको अवस्थामा महिलाको शव फेला



जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिका- ४ भडरियामा महिलाको शव फेला परेको छ । धनौजी गाउँपालिका-४ भडरियास्थित आँप घारीको बीचमा रहेको पोखरीमा परालले छोपिएको अवस्थामा अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हाे ।

मंगलबार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माको टोली पुगेको छ । घटनाको अनुसन्धानका लागि कुकुरसहितको टोलीले अनुसन्धान सुरु गरिएकाे छ ।

घटनास्थलमा महिलाको चप्पल भेटिएको छ । शरीर सड्न थालेकाले पोष्टमर्टमपछि मात्रै थप कुरा खुल्ने एसपी शर्माले बताए ।

दुई/तीन दिनअघि हत्या गरेर शव लुकाएको हुन सक्ने प्रहरीको आशंका छ ।