कोशी प्रदेशलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा

कोशी प्रदेशलाई पराजित गर्दै आर्मी सेमिफाइनलमा



पाेखरा । विभागीय टाेली त्रिभुवन आर्मी क्लब समूह ‘डी’ काे विजेताका रूपमा केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनलमा पुगेकाे छ । आज मङ्गलवार भएकाे खेलमा आर्मीले काेशीलाई ३९ रनले हरायाे ।

आर्मीले दिएकाे १ सय ८७ रनकाे लक्ष्य पछ्याएकाे काेशी १८ ओभर २ बलमा १ सय ४७ रनमा अल आउट भयाे । काेशीका साेनु अन्सारीले सर्वाधिक ४४ रन बनाए । यस्तै समिर कार्कीले ३४ र सुजन थपलियाले २१ रन जाेडे । बलिङतर्फ आर्मीका साेमपाल कामी र विवेक यादवले समान २ विकेट लिए ।

यसअघि पाेखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेकाे आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८६ रन बनायाे । आर्मीका भीम सार्कीले सानदार अर्धशतक बनाए । उनी २४ बलमा ५३ रन बनाएर आउट भए । यस्तै सन्ताेष कार्कीले ५० र राेहित पाैडेलले २३ रन जाेडे । बलिङतर्फ काेशीका श्रवण यादवले ३ र कमल खत्रीले २ विकेट लिए ।

याेसँगै सेमिफाइनल समीकरण पूरा भएकाे छ । यसअघि समूह ‘ए’ बाट बाग्मती प्रदेश, समूह ‘बी’ बाट सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब र समूह ‘सी’ बाट मधेस सेमिफाइनलमा पुगेका थिए ।

सेमिफाइनल खेल मङ्सिर १४ गते हुनेछ । पहिलो सेमिफाइनलमा बाग्मती र आर्मी तथा दोस्रो सेमिफाइनलमा मधेस र एपीएफ खेल्नेछन् । फाइनल खेल मङ्सिर १५ गते हुनेछ ।