कांग्रेस मधेस प्रदेश सम्मेलन पुस ५ र ६ मा

कांग्रेस मधेस प्रदेश सम्मेलन पुस ५ र ६ मा



जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशको सम्मेलन आगामी पुस ५ र ६ गते हुने भएको छ । जनकपुरमा मंगलबार बसेको कांग्रेस मधेस प्रदेश कार्यसमितिको बैठकले पुस ५ र ६ गते पार्टीको प्रदेश सम्मेलन गर्ने निर्णय गरेको हो ।

सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कांग्रेस मधेस प्रदेशले जनाएको छ । बैठकले सम्मेलनका लागि समितिहरु गठन गर्ने निर्णय गरेको कांग्रेस मधेस प्रदेश प्रचारप्रसार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए ।

यस्तै मधेस प्रदेश सम्मेलनमा राजनीतिक सांगठनिक/आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसममितिहरु गठन गर्ने निर्णय भएको छ ।