विराटनगर । कोसी प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक सर्वसम्मत रुपमा पारित भएको छ ।
यसअघि, अध्यादेशमार्फत एमाले नेतृत्वको सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले बजेट ल्याएका थिए । अध्यादेशबाट आएको बजेट प्रतिस्थापन विधेयधमार्फत संशोधनसहित प्रदेशसभाको आजको बैठकबाट पारित भएको हो ।
चालु आर्थिक वर्षका लागि ३६ अर्ब ७४ करोड ३५ लाख १० हजारको बजेट पेस भएको थियो । यो अघिल्लो सरकारले ल्याएको बजेटभन्दा बजेट ५० करोड बढी हो ।
बजेटसम्बन्धी विनियोजन अध्यादेश प्रतिस्थापन गर्न आर्थिक मामिला तथा योजना मन्त्रालय समेतको जिम्मेवारीमा रहेका मुख्यमन्त्री केदार कार्कीले शनिबार प्रतिस्थापन विधेयक पेस गरेका थिए । त्यसमाथि भएको छलफलका क्रममा सांसदहरुले उठाएका जिज्ञासाबारे मंगलबार मुख्यमन्त्री कार्कीले जवाफ दिए ।
बुधबार बसेको प्रदेशसभा बैठकबाट स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु व्यवस्था गर्न बनेको विधेयक विधायन समितिमा दफावार छलफलका लागि पठाएको छ ।
प्रतिक्रिया