एमालेको झुलाघाट-चिवाभन्ज्याङ पदयात्रा सुरू

एमालेको झुलाघाट-चिवाभन्ज्याङ पदयात्रा सुरू



काठमाडौं । नेकपा एमालेले मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान बिहीबार बैतडीको झुलाघाटबाट सुरू गरेको छ । यात्राको अध्यक्ष केपी शर्मा ओलीले बिहीबार बिहान झुलाघाटमा राष्ट्रिय झन्डाको झन्डोत्तोलन गरेर यात्राको शुभारम्भ गरेका छन् ।

उद्घाटनका क्रममा उनले यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताए । जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताउँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने बताए ।

एमालेले यसलाई ‘समृद्धिका लागि संकल्प यात्रा’को नाम दिएको छ । जसमा एमाले केन्द्रीय, स्थानीय नेता कार्यकर्ताहरुको संलग्नता रहने छ । मध्यपहाडी लोकमार्गका विभिन्न स्थानहरुमा एमालेका नेता कार्यकर्ताहरु पदयात्रामा जोडिने छन् ।

पदयात्राको उद्देश्य स्थानीयसँग थप सम्बन्ध जोड्ने र त्यसको राष्ट्रिय सन्देश दिने छ । सरकारले गरिरहेका कामकोबारेमा जनतालाई बुझाउने र आगामी दिनमा एमालेको भूमिका थप शक्तिशाली बनाउने योजना अन्तर्गत एमालेले पदयात्रा गरेको हो ।

झुलाघाटबाट सुरु भको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुनेछ ।

अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गर्ने एमालेले जनाएको छ ।