राष्ट्रपति पौडेलद्वारा दुई देशमा आवासीय राजदूत नियुक्त

राष्ट्रपति पौडेलद्वारा दुई देशमा आवासीय राजदूत नियुक्त



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा आवासीय राजदूत नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले बिहीबार सरकारको सिफारिसमा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजाम्बिकको र स्वीट्जरल्याण्डका लागि नेपालका आवासीय राजदूत रामप्रसाद सुवेदीलाई इटालीका लागि समेत गैर आवासीय नेपाली राजदूत पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले जनाएका छन् ।