हमास–इजरायल बिचको युद्दबिराम एक दिन लम्बिएको कतारको घोषणा

हमास–इजरायल बिचको युद्दबिराम एक दिन लम्बिएको कतारको घोषणा



गाजा । हमास इजरायल बिचको युद्द बिराम एक दिन लम्बिएको छ । जारी युद्बबिरामको मध्यस्थ गरिररहेको मुस्लिम देश कतारले शुक्रबारसम्म युद्धविराम लम्ब्याइएको पुष्टि गरेको छ ।

मध्यस्थता गर्ने देश कतारले गाजामा ६ दिनको मानवीय विरामको अन्त्य गर्ने क्रममा युद्धविराम एक दिन थपिने पुष्टि गरेको हो ।

‘प्यालेस्टाइन र इजरायली पक्ष गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दिनका लागि समान अघिल्लो सर्तहरूमा विस्तार गर्न सम्झौतामा पुगे, जुन युद्धविराम र मानवीय सहायताको प्रवेश हो,’ कतारको विदेश मामिला मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले एक विज्ञप्तिमा भने, कतार राज्यको संयुक्त मध्यस्थताको ढाँचा भित्र यो यु्द्बबिराम लम्बिएको हो ।’