सेवा प्रवाह चुस्त गर्न अबुधावीस्थित नेपाली दुतावासलाई प्रधानमन्त्रीकाे निर्देशन

सेवा प्रवाह चुस्त गर्न अबुधावीस्थित नेपाली दुतावासलाई प्रधानमन्त्रीकाे निर्देशन



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका छन् ।

कोप–२८ मा सहभागी हुन युएई पुगेका प्रधानमन्त्री प्रचण्डले अबुधावीस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरेका हुन । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार सो निरिक्षणको क्रममा नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिदैँ सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् ।