एपीएफलाई ११ रनले हराउँदै मधेस फाइनलमा

एपीएफलाई ११ रनले हराउँदै मधेस फाइनलमा



पाेखरा । सशस्त्र प्रहरी बलकाे एपीएफ क्लबलाई हराउँदै मधेस प्रदेश केपी ओली कप टी–२० क्रिकेट प्रतियाेगिताकाे फाइनलमा पुगेकाे छ । आज बिहीवार भएकाे खेलमा मधेसले एपीएफलाई ११ रनले हरायाे ।

मधेसले दिएकाे १ सय ९८ रनकाे लक्ष्य पछ्याएकाे एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८६ रनमात्र बनाउन सक्याे । एपीएफका कप्तान प्रदीप ऐरीले सर्वाधिक ५५ रन बनाए । यस्तै सन्दीप जाेराले ५४ र लाेकेश बमले ३२ रन जाेडे । बलिङतर्फ मधेसका विशाल पटेलले ३ तथा हरिशङ्कर शाह र प्रदिप पासवानले समान २ विकेट लिए ।

यसअघि पाेखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेकाे मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनायाे । मधेसका अनिल साह र इमरान शेखले अर्धशतक बनाए । अनिल ५७ र इमरान ५० रनमा आउट भए । यस्तै पवन सर्राफले ३३ र रुपेश सिंहले २१ रन जाेडे । बलिङतर्फ एपीएफका माैसम ढकालले ३ र अमर राैटेलाले २ विकेट लिए ।

अब मधेसले फाइनलमा भाेलि शुक्रवार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । यसअघि आजै भएकाे पहिलाे सेमिफाइनलमा बाग्मती प्रदेशलाई हराउँदै आर्मी फाइनलमा पुगेकाे हाे ।