एनएसएल फुटबल : धनगढी एफसीले बुटवललाई हरायो

एनएसएल फुटबल : धनगढी एफसीले बुटवललाई हरायो



काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा बिहीबार भएको खेलमा धनगढी एफसीले जित हाँसील गरेको छ । साविक उपविजेता धनगढी एफसीले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुटवल लुम्बिनी एफसीलाई १–० गोलले हरायो ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको इन्जुरी समयमा धनगढीका लागि विदेशी खेलाडी ओलावाले आफिजले निर्णायक गोल गरेका थिए ।

जारी लिगमा धनगढीको यो दोस्रो जित हो । धनगढीले पहिलो खेलमा वीरगन्जलाई हराएको थियो ।