शेखरले बोलाए कांग्रेस संस्थापनइतर पक्षकाे बैठक

शेखरले बोलाए कांग्रेस संस्थापनइतर पक्षकाे बैठक



काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संस्थापनइतर पक्षका नेताहरुको बैठक बोलाएका छन् ।

मंसिर २६ गते मंगलबार दिउँसो बस्ने गरि बैठक बोलाइएको नेता कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए । दिउँसो एक बजे बस्ने बैठकको स्थान भने तय नभइसकेको उनले बताए ।

समूहको बैठक नबसेको धेरै भएको र महासमिति बैठक अघि एकपटक बसौं भनेर अनौपचारिक बैठक राखिएकाे बताइएकाे छ ।

बैठकमा आफू पक्षीय पदाधिकारी, केन्द्रीय सदस्य, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरु, प्रदेश सभापतिहरु लगायतलाई बोलाइएको छ ।