विपिनलाई छुटाउन परराष्ट्रमन्त्रीले गरे कतारसँग आग्रह

विपिनलाई छुटाउन परराष्ट्रमन्त्रीले गरे कतारसँग आग्रह


ग्लोब नेपाल
108
Shares

काठमाडौं । हमासले बन्दी बनाएका विपिन जोशीलाई छुटाउनको लागि परराष्ट्रमन्त्री एनपी साउदले कतारसँग आग्रह गरेका छन् ।

२१ औं दोहा फोरममा सहभागी हुन त्यहाँ पुगेका मन्त्री साउदले हिजो कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीलाई भेटेर विपिनलाई छुटाउनको लागि पहल गरिदिन आग्रह गरेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उक्त भेटमा साउदले विपिनलाई छिटोभन्दा छिटो छुटाउनको लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

परराष्ट्रमन्त्री साउद कतार उड्नुअघि जोशीको रिहाइका लागि इजरायली सरकारका प्रतिनिधिसँग पनि संवाद गरेका थिए ।