रास्वपा संसदीय दलको बैठक बस्दै

रास्वपा संसदीय दलको बैठक बस्दै


ग्लोब नेपाल
81
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा दलको उक्त बैठक बस्नेछ । रास्वपा उपसभापति डोलप्रसाद अर्यालका अनुसार बैठक संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि छलफल  केन्द्रित हुने छ ।

बैठकमा पार्टी संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुनेछ भने बैठकको अध्यक्षता दलका कार्यवहाक नेता विराजभक्त श्रेष्ठले गर्नेछन् ।

पार्टी सभापति तथा संसदीय दलका नेता रबि लामिछाने बेलायत यात्रामा रहेकाले श्रेष्ठले उक्त बैठकको अध्यक्षता गर्न लागेका हुन ।