एमालेको संकल्प यात्रालाई अवरोध गर्ने पूर्वमन्त्री किराँतीसहित १० जना पक्राउ

एमालेको संकल्प यात्रालाई अवरोध गर्ने पूर्वमन्त्री किराँतीसहित १० जना पक्राउ



विराटनगर । नेकपा एमालको संकल्प यात्रामा अवरोध गर्ने १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पूर्वमन्त्री गोपाल किरातीसमेत रहेका छन् । किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोलाका अनुसार उदयपुर र खोटाङ जिल्लाबाट अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएको पुष्टि गरे । नेकपा एमालेको झलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको टोली आज कोशी प्रदेश पुगेकाे छ ।