शेखर समूहको बैठक बत्तिसपुतलीमा जारी

शेखर समूहको बैठक बत्तिसपुतलीमा जारी



काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक अनुपम फुडल्यान्ड बत्तिसपुतलीमा जारी छ । बैठकमा पार्टीको आगामी केन्द्रीय कार्यसमिति बैठकमा शेखर कोइराला समूह कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेकाे छ । यस्तै आगामी महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल जारी रहेकाे नेताहरूले बताएका छन् ।

बैठकमा नेता कोइराला, उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, सञ्जय गौतम, दिपक गिरी, अजयबाबु शिवाकोटी, प्रतिमा गौतम, नेताहरू रामकृष्ण यादव, भुपेन्द्रजंग शाही, जगदिश्वरनरसिंह केसीलगायतका नेताहरू सहभागी छन् ।

यसअघि मंगलबार बस्ने भनिएको भेला नेताहरुबीच विवाद भएपछि आजका लागि सारिएको हो ।