इन्ज्युरी समयकाे पेनाल्टी गाेलमा वीरगञ्जकाे पहिलाे जित

इन्ज्युरी समयकाे पेनाल्टी गाेलमा वीरगञ्जकाे पहिलाे जित



काठमाडौं । नेपाल सुपर लिग (एनएसल) मा वीरगञ्ज युनाइटेड एफसीले पहिलाे जित निकालेकाे छ ।

आज बुधवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा वीरगञ्जले स्पाेर्टिङ इलाम एफसीलाई २–१ गाेलले हरायाे । इन्ज्युरी समयको आठाैँ मिनेटमा गरेको पेनाल्टी गोलमा वीरगञ्ज विजयी भएकाे हाे ।

खेलकाे पहिलाे हाफ एक–एक गाेलकाे बराबरीमा सकिएकाे थियाे । खेलकाे १५ औँ मिनेटमा आशिष चापागाईँकाे गाेलमा इलामले अग्रता लिएकाे थियाे । खेलकाे ३३ औँ मिनेटमा वीरगञ्जका भिसाेन गुरुङले गाेल गर्दै खेल एक–एक गाेलकाे बराबरीमा ल्याएका थिए । त्यसपछि खेलकाे इन्ज्युरी समयकाे आठाैँ मिनेटमा वीरगञ्जका विलियम ओपोकुले पेनाल्टीमा गाेल गर्दै टाेलीलाई जिताए ।

याे खेलकाे अन्तिम समय निकै तनावपूर्ण बनेकाे थियाे । इलामका गाेलकिपर विकेश कुथुले खेल सकिएपछि रेफ्रीसँग विवाद गरेपछि उनले राताे कार्ड पाए । त्यसपछि इलामका सबै खेलाडी रेफ्रीसँग विवाद गर्न पुगेका थिए ।

याे जितसँगै वीरगञ्जले पाँच खेलमा पाँच अङ्क जाेड्दै तालिकाकाे आठाैँ स्थानमा उक्लिएकाे छ । इलाम छ खेलमा चार अङ्कसहित तालिकाकाे पुछारमा झरेकाे छ ।