सरकारका सबै मन्त्री र सचिव सिंहदरबारमा : चौमासिक समीक्षा जारी

सरकारका सबै मन्त्री र सचिव सिंहदरबारमा : चौमासिक समीक्षा जारी



काठमाडौं । सिंहदरबारमा सरकारका कामहरूको चौमासिक समीक्षा अहिले भइरहेकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्री र सचिवहरूलाई बोलाएर समीक्षा छलफल थालेका हुन् ।

समीक्षा बैठकमा सबै मन्त्री र सबै मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएकाे छ ।

बैठकमा यसअघि मन्त्रीहरूले पेश गरेको कार्य योजना अनुसार कामहरू भए नभएकोबारे समेत छलफल हुनेछ ।