बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश

बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न आदेश


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षको लागि थुनामा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएका हुन् ।

मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशहरू प्रकाश खरेल र जनक पाण्डेबीच राय बाझिँदा खाणबारे निर्णय हुन सकेको थिएन । न्यायाधीश कोइरालाले न्यायाधीश पाण्डेको रायसँग सहमति जनाउँदै खाणलाई धरौटीमा छाड्न आदेश दिएका हुन् । खरेलले खाणलाई थुनामै राख्नुपर्ने राय दिएका थिए ।

यता पाण्डेले भने ३० लाख धरौटीमा छाड्नुपर्ने राय दिएका थिए । दुई न्यायाधीशबीच राय बाझिएकाले आज अर्को इजलासले यसबारे निर्णय गरेको हो ।