युरोपमा हमासका ४ कार्यकर्ता पक्राउ

युरोपमा हमासका ४ कार्यकर्ता पक्राउ


ग्लोब नेपाल
81
Shares

प्यालेष्टिनी विद्रोही समूह हमासका ४ कार्यकर्ता युरोपमा पक्राउ परेका छन् । यहुदी संस्थाहरुमा आतंककारी गतिविधि गर्न खोजेको आशंकामा जर्मनीमा तीन र नेदरल्याण्डमा एकजना हमासका कार्यकर्ता पक्राउ परेका हुन् ।

जर्मनीमा पक्राउ परेका तीन मध्ये दुईजना लेबनानी र एकजना इजिप्टका नागरिक भएको सीएनएनले जनाएको छ । अमेरिका र युरोपियन युनियनले हमासलाई आतंककारी ठहर गरेका छन् ।

युरोपियन युनियनका अधिकारीहरुले इजरायल हमास युद्धले बढ्दो ध्रुविकरण र युरोपमा बढ्नसक्ने आतंककारी गतिविधि प्रति सचेत हुन पनि आग्रह गरेका छन् ।

गाजा क्षेत्रमा इजरायली आक्रमण जारी रहँदा हमासले युद्वविरामका लागि दबाब बढाउने प्रयास गरिरहेको छ । कतारको मध्यस्थतामा भैरहेको प्रयासले सार्थक रुप लिन भने सकेको छैन् ।

इजरायल हमास युद्धमा अहिलेसम्म १८ हजारभन्दा बढीको ज्यान गैसकेको छ ।