जनकपुर । धनुषामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । जनकपुरबाट ढल्केवर जाँदै गरेको प्रदेश २–०२–००२ प४०९२ नम्बरको मोरसाईकल लक्ष्मीनिया गाउँपालिका–४ स्थित सपहीमा शुक्रबार बिहान दुर्घटना भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा कमला नगरपालिका–८ का २५ वर्षीय भरत सहनी र विदेह नगरपालिका–१ का ३० वर्षीय जयकुमार सहनी छन् । जनकपुरधाम उपमहानगरपालिका–१२ का सत्रुधन सहनी गम्भीर घाइते छन् । जिल्लामा उपचार सम्भव नभएपछि सहनीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल अनियन्त्रित भएर पुलभन्दा ५० मिटर तल खसेको छ । प्रारम्भिक अनुसन्धानले क्षमताभन्दा बढी सवार गर्नु र तीव्र गतिमा चलाइएका कारण मोटरसाइकल दुर्घटना भएको देखिएको उनले बताए ।
प्रतिक्रिया