बालकृष्ण खाणले बुझाए ३० लाख बैंक ग्यारेन्टी

बालकृष्ण खाणले बुझाए ३० लाख बैंक ग्यारेन्टी



काठमाडौं । पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन बैङ्क ग्यारेन्टी बुझाएका छन् । शुक्रबार उनले अदालतको आदेश अनुसार नविल बैङ्कमार्फत जिल्ला अदालत काठमाडौंमा बैङ्क ग्यारेन्टी बुझाएका हुन् ।

खाँणलाई बिहीबार उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग उपस्थित गराएपछि मात्र छाडिने केन्द्रीय कारागार स्रोतले बताएको छ ।